गाजास्थित स्वास्थ्यकर्मी रहेको क्षेत्रलाई लक्षित गर्दै ९ सय बढि गोलि प्रहार
फाल्गुन १३, २०८२ | काठमाडौं
इजरायली सुरक्षा फौजले गाजास्थित स्वास्थ्यकर्मी भएको क्षेत्रलाई लक्ष्ति गर्दै ९ सय भन्दा बढि गोलि प्रहार गरेको एक अनुसन्धान प्रतिवेदनले औंल्याएको छ । संयुक्त अनुसन्धान प्रतिवेदनले सन् २०२५ मा गाजाको राफाह नजिकै प्यालेस्टिनी स्वास्थ्यकर्मीलाई लक्ष्ति गर्दै गोलि प्रहार गरेको ताल अस–सुल्तान क्षेत्रमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणमा इजरायली सैनिकहरुले गोली प्रहार गरेको दाबी गरेको अलजजिराले जनाएको छ ।
प्रतिवेदनअनुसार स्पष्ट चिन्हित एम्बुलेन्स तथा आपतकालीन सवारीसाधनको काफिलामाथि करिब दुई घण्टासम्म लगातार गोलीबारी भएको थियो। अडियो तथा भिडियो प्रमाणको विश्लेषणबाट कम्तीमा ९ सय १० राउन्ड गोली चलेको उल्लेख गरिएको छ।अनुसन्धानले घटनास्थलमा दोहोरो गोलीबारी नभएको र सैनिकहरूबाट एकतर्फी आक्रमण भएको दाबी गरेको छ ।










