इरान र अमेरिकाबीच जेनेभामा अनौपचारिक वार्ता हुँदै

फाल्गुन १४, २०८२ | काठमाडौं

युद्धको तनावको पृष्ठभूमिमा इरान र अमेरिकाबीच आज पनि ओमानको मध्यस्थतामा जेनेभामा अनौपचारिक वार्ता हुँदैछ ।

आणविक परीक्षणमा तेहरान र वासिंगन डीसीबीच लामो समयदेखि जारी मतभेद अन्त्य गर्ने उदेश्यले वार्ता हुन लागेको हो ।

वार्ता अमेरिकी विशेषदूत स्टिभ विटकोफ तथा राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुस्नर र इरानका विदेशमन्त्री अब्बास अराघचीबीच हुन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि भएका दुई चरणका अनौपचारिक वार्ता सकारात्मक भएको दाबी गरेपनि त्यसले ठोस निकास भने दिन सकेको छैन ।

इरान र अमेरिकाबीच सो विषयमा लगातार वार्ता भएपनि अमेरिकाले तेहरानमा आक्रमण गर्ने चेतावनी दिँदै आएको छ ।

त्यसको लागि तेहरान नजिकै अमेरिकाले सैन्य वेशमा युद्ध सामाग्री र सैन्य दस्ता तयार पारेको छ ।

दशकौँ देखि जारी तेहरानको परमाणु कार्यक्रमको विषयलाई सम्बोधन गर्न दुवै मुलुकले यही फेब्रुअरी महिनादेखि पुन वार्ता सुरु गरेका हुन् ।

इरानले परमाणु कार्यक्रम ऊर्जा विकासको लागि गरेको बताउदै आएपनि अमेरिका, युरोप र इजरायलले भने परमाणु हतियारको विकासको लागि गरेको दाबी गर्दै आएको छ । 


प्रतिक्रिया