अयातोल्लाह खामेनिका छोरा मोज्ताबालाई उत्तराधिकारी बनाउने तयारी
फाल्गुन २०, २०८२ | काठमाडौं
इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनिको हवाई आक्रमणमा मृत्यु भएपछि जीवित रहेका उनका छोरा मोज्ताबा खामेनीलाई उत्तराधिकारी बनाइने तयारी गरिएको छ ।
सो आक्रमणमा उनकी पत्नी, अर्का एक छोरा तथा केही वरिष्ठ सैनिक र नेतृत्व तहका अधिकारीहरूको पनि मृत्यु भएको जनाइएको छ। स्रोतका अनुसार मोज्तबा आक्रमणका बेला तेहरानमा नभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
इरानले नयाँ सर्वोच्च नेता चयन गर्ने प्रक्रिया शीघ्र टुंगिने जनाएको समाचारमा उल्लेख छ । सन् १९७९ को इस्लामिक क्रान्तिपछि यो दोस्रो पटक मात्र नयाँ सर्वोच्च नेता चयन हुन लागेको हो। सर्वोच्च नेता चयन गर्ने निकाय एसेम्बली अफ एक्सपट्र्सले शीघ्र निर्णय सार्वजनिक गर्ने जनाएको छ।
निकायका सदस्य आयातोल्लाह अहमद खातामीले त्यहाँको सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै उम्मेदवारहरु पहिचान भइसकेको भएपनि नाम सार्वजनिक नगरिएको बताइएको उल्लेख छ ।










