इजरायलले लेबनानमा गरेको आक्रमणमा फस्फोरस प्रयोग गरेको मानवअधिकारवादी संस्थाको आरोप

फाल्गुन २६, २०८२ | काठमाडौं

मानव अधिकार संस्था ह्युमन राइट्स वाचले इजरायली सेनाले दक्षिणी लेबनानको योहमोर शहरको आवासीय क्षेत्रमा आक्रमण गर्दा फस्फोरस प्रयोग गरेको आरोप लगाएको छ ।

 सो संस्थालेसार्वजनिक गरेको प्रतिवेदनमा गत मार्च ३ मा भएको सो आक्रमणले आमनागरिकलाई गम्भीर जोखिममा पारेको उल्लेख गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । अनुसन्धानकर्ताका अनुसार सेतो फस्फोरसले मानिसको ज्यान लिन सक्ने र गम्भीर आघात पु¥याउन सक्ने बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

 सो क्षेत्रमा आक्रमण भएपछि उद्दार टोलीले तत्काल उद्दार तथा आगलागी भएको क्षेत्रमा नियन्त्रणमा लिने प्रयास गरेको दाबी गरिएको छ । यता, इजरायली सेनाले भने लेबनानमा फस्फोरसयुक्त आक्रमण बारे जानकारी नभएको प्रतिक्रिया दिएको छ । यसअघि, पनि सन् २०२३ मा लेबनानमा इजरायलले फस्फोरस प्रयोग गरेको आरोप लागेको थियो। अन्तर्राष्ट्रिय कानुनअनुसार बस्ती भएको क्षेत्रमा सो पदार्थको प्रयोग गैरकानुनी मानिने उल्लेख छ । 


प्रतिक्रिया