साउदी अरेबिया र कुवेततर्फ इरानद्वारा ड्रोन आक्रमण
फाल्गुन २६, २०८२ | काठमाडौं
इरानले आज साउदी अरेबिया र कुवेततर्फ ड्रोन आक्रमण गरेपछि मध्यपूर्वमा जारी युद्ध चर्किएको छ । यद्यपी, साउदी अरेबियाको रक्षा मन्त्रालयका अनुसार तेल उत्पादनका लागि महत्वपूर्ण मानिने पूर्वी क्षेत्रमा ड्रोनहरुलाई नष्ट गरिदिएको समाचार संस्था एपीले जनाएको छ ।
त्यस्तै कुवेतको उत्तरी र दक्षिणी भागमा प्रवेश गरेको ड्रोन आक्रमणलाई नष्ट गरेको जनाएको छ । यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग बन्द गर्ने प्रयास गरे अमेरिकाले आक्रमण तीव्र बनाउने चेतावनी दिएपछि इरानले आक्रमण जारी राखेको बताइएको छ ।
यसैबीच,इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सले अमेरिका र इजरायलले आक्रमण बन्द नगरेसम्म मध्यपूर्वबाट तेल बाहिर जान नदिने चेतावनी दिएको छ । इरानको सो प्रतिक्रिया प्रति राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले तेल निर्यात अवरुद्ध गरे अमेरिकाले बीस गुणा शक्तिशाली आक्रमण गर्ने चेतावनी दिनुभएको समाचारमा उल्लेख छ ।









