इजरायलको आक्रमणमा परी लेबनानमा १ सय ८२ जनाकोे मृत्यु

रेडियो कान्तिपुर संवाददाता

चैत्र २६, २०८२ | काठमाडौं

लेबनानको बेरुत शहरको केन्द्र भागमा इजरायलले गरेको आक्रमणमा कम्तिमा १ सय ८२ जनाकोे मृत्यु भएको छ । बेरुतका व्यस्त व्यावसायिक तथा आवासीय क्षेत्रमा अमेरिका र इरानबीच युद्धबिरामको सहमति भए पछि आक्रमण भएको हो । 

लेबनान सरकारका अधिकारीहरुका अनुसार इजरायलले हेजबुल्ला समूहमाथि गरेको यो सबैभन्दा ठूलो आक्रमण हो । आक्रमणमा सयौं व्यक्ति घाइते भएको एपीले जनाएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने लेबनान युद्धविराम सम्झौतामा समावेश नभएकाले आक्रमण भएको प्रतिक्रिया दिनुभएको छ । 

यता इरान र मध्यस्थकर्ताको भूमिकामा रहेको पाकिस्तानले भने लेबनानमा समेत युद्धबिराम लागू हुनुपर्ने बताउँदै आएका छन् । आक्रमण पछि समुद्री किनारमा अवस्थित राजधानी बेरुतका विभिन्न क्षेत्रमा कालो धुवाँको मुस्लो देखिएको छ । यसैबीच, लेबनानमाथि भएको आक्रमण भएको भन्दै हर्मुज जलमार्गमा तेल ट्यांकरहरुको आवागमन रोक्ने चोतावनी दिएको छ । 


प्रतिक्रिया