लेबनान र इजरायलबीच युद्धविराम सम्झौता
वैशाख ४, २०८३ | काठमाडौं
लेबनान र इजरायलबीच १० दिनको अस्थायी युद्धविराम सम्झौता भएको छ । युद्धविराम गएराति देखि लागु भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम भएको घोषणा गर्नु भएको हो ।
दुई देशबीच ३४ वर्षपछि भएको पहिलो औपचारिक वार्ताका कारण युद्धविराम सम्भव भएको ट्रम्पको भनाइ छ । आगामी १० दिन दुवै पक्षको प्रतिबद्धता परीक्षण गर्ने भनिएको छ ।
उल्लंघन नभए स्थायी शान्तिको मार्ग प्रशस्त हुने अपेक्षा गरिएको छ ।
लेबनानका राष्ट्रपति जोसेफ औनले ट्रम्पलाई धन्यवाद दिँदै स्थायी स्थिरताका लागि प्रयास गरिरहेको प्रतिक्रिया दिनुभएको छ ।
लेबनान सरकारले हिजबुल्लाहलाई शान्तिपूर्वक हतियार त्याग्न मनाउने प्रयास गरिरहेको जनाएको छ ।
हिजबुल्लाह नेता हसन फदलल्लाहले भनृ इजरायलले शत्रुतापूर्ण गतिविधि रोक्ने वा नरोक्ने आधारमा मात्र आगामी कदम तय हुने टिप्पणी गरेका छन् ।










