जापानको उत्तरी तटीय क्षेत्रमा शक्तिशाली भूकम्प

रेडियो कान्तिपुर संवाददाता

वैशाख ७, २०८३ | काठमाडौं

जापानको उत्तरी तटीय क्षेत्रमा शक्तिशाली ७ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको छ, भूकम्प गएपछि सो क्षेत्रमा ३ मिटर सम्मका सुनामी छाल आउन सक्ने भनदै चेतावनी दिइएको बीबीसीले जनाएको छ । जापानी अधिकारीका अनुसार धक्का राजधानी टोकियो लगायत टाढाका क्षेत्रहरूमा पनि महसुस गरिएको थियो। तटीय र नदी किनार क्षेत्रका बासिन्दालाई तुरुन्तै सुरक्षित स्थानमा सर्न आग्रह गरिएको समाचारमा उल्लेख छ ।

 जापानका प्रधानमन्त्री सानेइ ताकाइचीले सरकारका तर्फबाट संकट व्यवस्थापन टोली गठन गरिएको जानकारी दिँदै क्षति र सम्भावित मानवीय प्रभावको मूल्यांकन भइरहेको बताउनुभएको छ । भूकम्पले पु¥याएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । 


प्रतिक्रिया