नाकाबन्दी नहटाउने ट्रम्पको भनाई
वैशाख ८, २०८३ | काठमाडौं
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरेसम्म हमुर्ज जलघाँटीको नाकाबन्दी नहटाउने बताउनुभएको छ ।
अमेरिका–इरान दुई साता लामो युद्धविराम भोलि सकिन लाग्दा उहाँको यस्तो टिप्पणी आएको हो ।
राष्ट्रपति ट्रम्पले नाकाबन्दीले इरानलाई ध्वस्त बनाइरहेको सामाजिक सञ्जालमा उल्लेख गर्दै अमेरिकाले युद्ध अत्यधिक जितिरहेको दाबी समेत गर्नुभएको छ ।
अमेरिकाले हर्मुजमा एक सातादेखि नाकाबन्दी लगाइरहेको छ ।
अमेरिकी कदमले दोस्रो चरणको शान्ति वार्ता इस्लामावादमा हुने कि नहुने दुविधा समेत निम्त्याएको छ ।
इस्लामावादमा वार्ता हुने अपेक्षाबीच उच्च सुरक्षा सर्तकता अपनाइएको छ ।
यद्यपि, उपराष्ट्रपति जेडी भान्सले अमेरिकी डेलिगेसन लिएर अझै वासिंटन छोड्नुभएको छैन ।
यता इरानले समेत वार्तामा सहभागि हुनेबारे निर्णय गर्न बाँकी रहेको जनाएको छ ।











