दक्षिण अफ्रिकी देशद्वारा उडान अनुमति फिर्ता लिएपछि ताइवानका राष्ट्रपतिद्वारा भ्रमण रद्द
वैशाख ९, २०८३ | काठमाडौं
ताइवानका राष्ट्रपति लाई चिङ तेले दक्षिण अफ्रिकी राष्ट्र इस्वातीनिको भ्रमण रद्द गर्नुभएको छ । सो निर्णय अफ्रिकी मुलुकहरुले विमानलाई आफ्नो आकाशबाट उड्न दिने अनुमति फिर्ता लिएपछि राष्ट्रपति लाई ले सो निर्णय गर्नुभएको बताइएको छ । ताइवानका एक अधिकारीका अनुसार मादगास्कर लगायत अफ्रिकी देशले चीनको तीव्र दबाब र आर्थिक प्रभावका कारण उडान अनुमति पूर्वसूचना बिना रद्द गरिएको बीबीसीले जनाएको छ ।
यद्यपी, चीनले सो आरोपको अस्वीकार गरेपनि ती देशहरुको निर्णयको प्रशंसा गरेको समाचार उल्लेख छ । ताइवानका राष्ट्रपतिले उडान अनुमति फिर्ता भएपछि विदेश भ्रमण रद्द गरि सार्वजनिक गरिएको यो पहिलो घटना भएको बताइएको छ । ताइवानको अफ्रिकामा रहेको एक मात्र कूटनीतिक सहयोगी राष्ट्र इस्वातिनि रहेको बताइएको छ ।
राष्ट्रपति लाइले सामाजिक सञ्जालमा चीनको दबाबमूलक कदमको आलोचना गर्दै यस्ता कार्यले अन्तर्राष्ट्रिय व्यवस्थामा अधिनायकवादको जोखिम रहेको टिप्पणी गर्नुभएको छ । सो भ्रमण आजदेखि अप्रिल २६ सम्म हुने तय थियो । यसअघि स्वाजील्याण्डले परिचित इस्वतिनिमा त्यहाँका राजा मिसवाती तृतियको विशेष समारोहमा सहभागी हुने योजना थियो। चीन र ताइवानबीचको तनाव लामो समयदेखि जारी छ।








