पश्चिम बंगालमा विधानसभा चुनावको पहिलो चरण अन्तर्गत मतदान सम्पन्न

रेडियो कान्तिपुर संवाददाता

वैशाख १०, २०८३ | काठमाडौं

भारतको पश्चिम बंगालमा विधानसभा चुनावको पहिलो चरण अन्तर्गत आज मतदान सम्पन भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ६ बजेसम्म मतदान सम्पन्न भएको हो । पहिलो चरणमा दार्जिलिङ सहित १६ जिल्लाका १ सय ५२ निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भएको हो । साँझ ५ बजे सम्म ८९ दशमलव ९३ प्रतिशत मत खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

 पहिलो चरणको निर्वाचनमा कुल १ हजार ४ सय ७८ जना उम्मेदवार चुनावी मैदानमा छन्। त्यस्तै, निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र सुरक्षित बनाउन निर्वाचन आयोगले २ हजार ४ सय ७ जना केन्द्रीय सशस्त्र प्रहरी बल (सीएपीएफ) को कम्पनी परिचालन गरेको छ । जसमा २ लाख ४० हजारभन्दा बढी सुरक्षाकर्मी खटिएका छन्। आजदेखि शुरु भएको चुनाव बिभिन्न चरणमा अप्रिल २९ तारिखसम्म चल्ने छ। 


प्रतिक्रिया