पौडेल पक्षद्वारा कांग्रेस बैठक बष्किार

मंसिर २६, २०७६ | ललितपुर

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका र विभागको संख्या बढाउने प्रस्ताव खारेजीको माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बहिस्कार गरेको छ । ललितपुरको सानेपास्थित पार्टी मूख्यालयमा बैठक दिउँसो एक बजेका लागि बोलाईएपनि झण्डै ३ घण्टा ढिला गरी सुरु बैठकमा नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षीय नेताहरु सहभागी नभएका हुन् । 

पार्टी कार्यालयमा नै उपस्थित भएर पनि नेता पौडेल र सिटौला सहित महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, रामशरण महत, मिनेन्द्र रिजाल, रामकृष्ण यादव, दिलेन्द्र बडु, गगन थापा लगायत नेताहरु बैठकमा सहभागी हुनु भएन । 

विभागको संख्या थप्ने, भ्रातृ संस्थाको अधिवेशन ६ महिनामा सुनिश्चित गर्न नसकेको, पार्टी महाधिवेशनको कार्ययोजना नल्याएको भन्दै पौडेल र सिटौला पक्ष असन्तुष्ट छ । महाधिवेशनको कार्यतालिका ल्याउन र विभागको संख्या बढाउने प्रस्ताव नल्याउन गरेको आग्रह सभापति शेरबहादुर देउवाले नमाने पछि बैठक बहिस्कार गरेको नेता रामकृष्ण यादवले बताउनुभयो ।

 साग प्रतियोगिता, सीमा विवाद, बिभिन्न भ्रातृ संगठनको महाधिवेशन लगायत बैठकमा ९ वटा एजेन्डा पेश गरिएका छन् । पौडेल–सिटौला पक्षले बहिस्कार गरे पनि विभागको संख्या बढाउने सभापति देउवाको प्रस्ताव भने बैठकले बहुमतले पारित गर्न सक्ने छ ।


प्रतिक्रिया