राजपालाई उपसभामुख दिन नेकपा सकारात्मक

माघ ८, २०७६ | ../काठमाडौं

प्रतिनिधिसभाको उपसभामुख पद राष्ट्रिय जनता पार्टी राजपालाई दिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा सकारात्मक देखिएको छ । सभामुखमा आफ्नो पार्टीबाट अग्नी सापकोटालाई अघि सारेको नेकपाले उपसभामुखमा राजपालाई सहयोग गर्न लागेको हो । सभामुखमा आफ्नो पार्टीलाई सर्मथन जनाएकाले उपसभामुख पद राजपालाई दिने विषयमा छलफल सकारात्मक भएको नेकपा सचिवालय सदस्य समेत रहेका बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो । यद्यपी औपचारिक निर्णय हुन भने बाँकी रहेको उहाँको भनाई छ । राष्ट्रिय सभा निर्वाचनमा समेत गठबन्धन गरेको राजपालाई उपसभामुख दिएर नेकपाले मधेश राजनीतिमा सहज बातावरण बनाउने प्रयास गरेको हो ।

राजपाले भने सत्तारुढ दलसँग उपसभामुखका लागि परिणाममुखी वार्ता भइनसकेको जनाएको छ । अध्यक्ष मण्डलका नेता राजेन्द्र महत्तोले सत्तारुढ दलले प्रस्ताव गरे उपसभामुख पद सहर्स स्वीकार गर्ने बताउनुभयो । नेकपासंगको सहमतीपछि मात्र उपसभामुखको उमेद्बार तय गर्ने महत्तोको भनाई छ । राजपाबाट चन्दा चौधरी, अमृता अग्रहरी र रानी मण्डल उपसभामुखका दाबेदार मानिएका छन् ।

प्रतिनिधि सभामा सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने संबैधानिक व्यवस्थाका कारण नेकपाले अन्य दललाई सो पदमा समर्थन गर्नुपर्ने बाध्यता रहेको हो । उपसभामुखको आशामा रहेको प्रमुख प्रतिपक्षी काग्रेसले सभामुखमा उम्मेद्धार नउठाई बैठकमा तटस्थ बस्ने निर्णय लिईसकेको छ । संसद सचिवालयले सभामुखको निर्वाचन लगत्तै उपसभामुखको निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी गरेको छ ।


प्रतिक्रिया