क्रसर उद्योग नवीकरण र मापदण्ड

माघ ११, २०७६ | रुपन्देही

रुपन्देहीमा संचालित क्रसर उद्योग लामो समयदेखि नवीकरण नगरी सञ्चालन हुदै आएका छन् । घरेलु कार्यालयमा दर्ता भएका ३२ वटा उद्योग ६ वर्षदेखि नवीकरणबिनै सञ्चालनमा रहेको जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एवं जिल्ला अनुगमन तथा व्यवस्थापन समितिका संयोजक एकराज विश्वकर्माले बताउनुभयो । उद्योगहरु मापदण्डभित्र पनि नरहेको संयोजक विश्वकर्माको भनाई छ ।

सरकारले मापदण्ड अनुसार क्रसर सञ्चालन गर्न पटक–पटक ताकेता गरे पनि व्यवसायीले अटेर गर्दै आएको संयोजक विश्वकर्माले बताउनुभयो । प्रदेश ५ सरकारले जारी गरेको नदीजन्य पदार्थ कार्यविधि २०७५ समेत कार्यान्वयन हुन सकेको छैन । प्रदेश सरकारले गत वर्ष क्रसर तथा बालुवा प्रशोधन उद्योग ६ महिनाभित्र सबै मापदण्ड पूरा गरी स्थानीय तहमा दर्ता गर्न भनेको थियो । प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले अटेर गर्ने उद्योगमा थप अनुगमन गरेर कडाई गर्ने बताउनुभयो । 


प्रतिक्रिया