वीरेन्द्रनगरमा कर्फ्यू खुल्यो

माघ १५, २०७६ | वीरेन्द्रनगर

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा स्थानीय प्रशासनले लगाएको कर्फ्यू खलेसँगै जनजीवन सामान्य बन्दै गएको छ । 

वीरेन्द्रनगरको मूलपानी चोकनजिकै हिजो भे १ ख २२४२ नम्बरको टिपरले ठक्कर दिँदा भे १ प २१७८ नम्बरको मोटरसाइकलमा सवार कालिकोट महावै गाउँपालिका सिम्खेतका २० वर्षीय केशर सिंहको घटनास्थलमै मृत्यु भएपछि उत्पन्न तनाव कम गर्न स्थानीय प्रशासनले हिजो साँझ ६ बजेदेखि आज बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको थियो । 

प्रदर्शनका क्रममा २५ जना घाइते भएका थिए । कर्फ्यू खुलेसँगै बिहानैदेखि जनजीवन सामान्य भएको प्रहरी उपरिक्षक दिल्ली राज पन्तले जानकारी दिनुभयो । अहिले पीडित पक्ष र प्रशासनबीच छलफल भइरहेको प्रहरी उपरिक्षक पन्तले बताउनुभयो । 


प्रतिक्रिया