गोली प्रहार गरी गाँजा तस्कर पक्राउ

रेडियो कान्तिपुर संवाददाता

माघ १५, २०७६ | मकवानपुर

 सुभास बिडारी 

मकवानपुर प्रहरीले अबैध लागूऔषध गाँजा तस्कर गरिरहेको अवस्थामा तीन जना भारतीय नागरिकलाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ । आज विहान करिब १ बजे तिर हेटौंडा–११ स्थित थानाभर्‍याङमा भारतीय नम्बर प्लेटको बीआर ०६ जी ४४५७ नम्बरको कारमा एक राउण्ड हवाइ र एकराउण्ड गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको हो ।

 पक्राउ पर्नेमा भारत मोजफापुरका अजयमल सवारी, सञ्जिव पाश्वान र जाहेरा खातुन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । यसैबीच लागूऔषध तस्कर पक्राउ गरेर थानाभर्‍याङबाट हेटौंडा तर्फ आउँदै गरेको वडा प्रहरी कार्यालयको भ्यानलाई बसले ठक्कर दिँदा प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारी सहित पाँचजना प्रहरी घाइते भएका छन् ।


प्रतिक्रिया