अध्यक्ष दाहालको बिरोध गरेको भन्दै प्रदेश सभामा संसदहरुबीच जुहारी

 फाइल तस्बिर

फाल्गुन ४, २०७६ | विराटनगर

प्रदेश १ को प्रदेशसभामा सत्ता र प्रतिपक्षी दलका सांसदहरुबीच जुहारी सुरु भएको छ । 

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरुले/ गैर प्रदेशको व्यक्तिलाई प्रदेश लोकसेवा आयोगको अध्यक्ष, प्रदेश लगानी बोर्डका कार्यकारी निर्देशक नियूक्त गरेको भन्दै संसदमा आलोचना गरेपछि सत्तारुढ दलका सांसदहरुले आज प्रतिरोध गरेका छन् । यस्तै, नेकपा अध्यक्ष पुष्पकमल दाहाल बिरुद्ध संसदमा बोलेको भन्दै सत्तारुढ दलका सांसदहरुले आपत्ति जनाए । 

कांग्रेसका सांसदले/ मुख्यमन्त्री शेरधन राईले सत्तारुढ दलमा मन्त्री हुने हैसियतका सांसद नदेखेकाले भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा मन्त्री नियूक्त नगरेको भन्ने अभिव्यक्तिप्रति समेत सत्तारुढ दलका सांसदले कडा प्रतिरोध गरे ।

नेकपाका मोहनकुमार खड्कालेसत्ताबाट बाहिर बस्नु परेकाले कांग्रेसले मानसिक रुपमा देखिएको छटपटाहटको उपज १० बर्षे जनयुद्धको नेतृत्व गरेका दाहालबिरुद्ध सदनमा यस्तो अभिव्यक्ति आएको बताउनुभयो । 

सांसद बलबहादुर साम्सोहाङले मुलुकमा संघीय गणतन्त्र ल्याएर नयाँ संविधान जारी गराउन भूमिका निर्वाह गरेका नेता दाहालविरुद्ध मनोमानी ढंगले सदनमा बोलेर सदनको मर्यादामा आँच पुर्‍याएको बताउनुभयो ।

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश लोक सेवा आयोगका अध्यक्ष, प्रदेश लगानी बोर्डका कार्यकारी निर्देशकमा अन्य प्रदेशका व्यक्तिलाई नियूक्त गरेर प्रदेशवासीको योग्यतामाथि प्रश्न चिन्ह लगाएको अभिव्यक्ति गत बिहीबार संसदमा दिनु भएको थियो । 

काठमाडौंका उत्तमकुमार भट्टराईलाई प्रदेश लोक सेवा आयोगको अध्यक्षमा र सिरहाको बस्तिपुरका डा. सरोज कोइरालालाई लगानी बोर्डको कार्यकारी निर्देशकमा नियूक्त गरेर प्रदेशवासीको अपमान गरेको उहाँको भनाई थियो । 


प्रतिक्रिया