कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुनु दु:खद : दाहाल

फाल्गुन ९, २०७६ | भक्तपुर

सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले क्रान्तिमा ठूल्ठूला त्याग गर्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेको भन्दै गुनासो गर्नुभएको छ । 

केही देशका कम्युनिष्टहरु विश्व इतिहासबाट चुकेको उदाहरण दिदै उहाँले नेपालमा घटेका पछिल्ला घटनाहरुले राम्रो संकेत नदेखिएको बताउनुभयो । भक्तपुरमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले सत्तामा पुगेपछि कम्युनिष्टहरुमा लोभ पलाउने र भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न हुने गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, 'कम्युनिष्ट पार्टीले सत्ता प्राप्त गरिसकेपछि कहीं न कहीं आदर्शबाट विचलित हुने गरेका थुप्रै घटनाहरु विश्व इतिहासमा पनि छन् । नेपालको इतिहासमा पनि त्यसका संकेतहरु, लक्षणहरु देखिने गरेका छन् ।’

मृत्युलाई पनि सामना गरेर जस्तोसुकै तपस्या गर्नेहरु सत्तामा पुगेपछि जनताका काम गर्न छाड्ने र कम्युनिष्ट सिद्धान्तबाट विचलित हुने गरेको अध्यक्ष दाहालको भनाई छ । 


प्रतिक्रिया