कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा, एमालेले हीरक महोत्सव मनायो
वैशाख १०, २०८१
नेकपा एमालेले कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा हीरक महोत्सव मनाएको छ । ललितपुरको गोदावरीस्थित सनराईज सिटी हलमा आयोजित कार्यक्रममा बहालवाला प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, पूर्व राष्ट्रपति लगायत विभिन्न दलका शीर्ष नेताहरु सहभागी भएका थिए । सो अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गरिएको छ ।
लोकतन्त्रका साथै कम्युनिष्ट आन्दोलनमा योगदान पु¥याएका व्यक्तिलाई सम्मान गर्ने यसअघिको घोषित योजना अनुसार नै एमालेले हीरक जयन्तीको अवसरमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गरेको हो । भारतको कोलकात्तामा २००६ बैशाख १० गते नेपाल कम्युुनिष्ट पार्टीको स्थापना भएको थियो ।
कम्युुनिष्ट पार्टी स्थापनाकालको अगुवाइ पुुष्पलाल श्रेष्ठ, निरन्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठले गर्नु भएको थियो । नेपालमा कम्युनिष्ट आन्दोलनकोसुरुवात भएको दिनको स्मरणमा कम्युनिष्ट पार्टीले विभिन्न कार्यक्रम आयोजना गरेका थिए ।