वर्तमान सत्ता समिकरण पूरा अवधि कायम रहन्छः प्रधानमन्त्री दाहाल

फाइल फोटो  

वैशाख ९, २०८१ | काठमाडौं

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सत्ता समिकरण पूरा अवधि कायम रहने दाबी गर्नुभएको छ ।

महेन्द्रनगरमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री दाहालले धनगढी विमानस्थलमा सञ्चारकमीसँग सक्षिप्त कुरा गर्दै सत्ता समिकरण पूरा अवधिसम्म कायम रहने जिकिर गर्नुभएको हो ।

फरक प्रसँगमा प्रधानमन्त्री दाहालले आगामी वर्षको नीति तथा कार्यक्रम निर्माणको काम परम्परागत भन्दा भिन्न शैलीमा प्रस्तुत गर्ने सरकारको तयारी भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले कोशी प्रदेशमा मात्र मुख्यमन्त्री नियुक्ति प्रकिया बाँकी रहेको र अब सरकारले गति लिने समेत उल्लेख गर्नुभयो । 


प्रतिक्रिया