प्रधानमन्त्री ओलीले माथिल्लो खोरङ्गा खोला साना जलविद्युत आयोजनाको उद्घाटन गर्दै

फाल्गुन १०, २०७६ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले आज तेह्रथुममा निर्माण गर्न लागिएको ७ दशमलव ५ मेगावाटको माथिल्लो खोरङ्गा खोला साना जलविद्युत आयोजनाको उद्घाटन गर्दै हुनुहुन्छ ।

 बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यलयमा रहेको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले सो आयोजनाको उद्घाटन गर्न लाग्नुभएको हो । सो अवसरमा उर्जामन्त्री र्वामान पुन लगायतका अन्य कर्मचारीको समेत सहभागिता रहनेछ । 

 यसअघि उद्घाटनका लागि उर्जा मन्त्री वर्षमान पुन तेह्रथुम जाने भनिएपनि मौसमको प्रतिकुलताको कारण जान नसकेपछि उहाँ पनि प्रधानमन्त्रीसँगै एक्सन रुममै सहभागि हुन लाग्नुभएको हो ।  


प्रतिक्रिया