छिमेकी मूलुकसंग पारस्परिक सम्बन्ध राखेर अघि बढ्ने प्रधानमन्त्री ओलीको भनाई

फाल्गुन १०, २०७६ | काठमाण्डौं

– प्रधानमन्त्री केपी शर्मा ओलीले दुई छिमेकी मुलुकसँग सम्बन्ध सन्तुलित बनाँउदै अगाडि बढ्नु पर्ने बताउनु भएको छ । प्रधानमन्त्री ओलीले लेख्नु भएको पुस्तक ‘भिजन टु एक्सन’ को विमोचन कार्यक्रममा आज उहाँले सरकार छिमेकीहरुसँग पारस्परिक सम्बन्ध राखेर अघि बढ्न खोजिरहेको बताउनुभयो । उहाँले भन्नुभयो –सूर्यको वरिपरि ९ ग्रह सन्तुलनमा घुमिरहन्छन् , उनीहरुलाई सन्तुलनमा राख्न डोरी बााध्न र झुण्ड्याउन आवश्यक पर्दैन, त्यसैगरी हामीले फरक विचार राख्ने दुई ठूला छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्नु पर्छ ।

नेपाल दुई ढुंगाबीचको तरुल भएकाले फैलन नसक्ने भएपनि आफूसँग उपलब्ध स्थानमा समृद्धि हासिल गर्न भने सक्ने ओलीको भनाई थियो । रत्न पुस्तक भण्डारले प्रकाशन गरेको पुस्तकको काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीले विमोचान गर्नु भएको थियो । 


प्रतिक्रिया