कोरोनाविरुद्ध लड्न एनआरएनएले १ करोड रुपैयाँ सहयोग

चैत्र १०, २०७६ | काठमाडौ

कोरोना महामारीको सम्भावित जोखिम न्यूनिकरणका लागि गैरआवासीय नेपाली संघ एनआरएनएले १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । प्रधानमन्त्री राहत कोष मार्फत सो रकम उपलब्ध गराउने संघका महासचिव डा। हेम राज शर्माले जानकारी दिनुभयो । 

 शर्माका अनुसार संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठको संयोजकत्वमा कोरोना पिडित राहतकोष संकलन समिति गठन भएको छ भने उपाध्यक्ष डा। बद्री केसीको संयोजकत्वमा भौतिक सामाग्री सहयोग संकलन उपसमिति गठन भएको छ । संघले विश्वभर छरिएका आफ्ना शाखा मार्फत कोरोना पिडित नेपालीको तथ्यांक संकलन गर्ने समेत तयारी गरेको छ ।


प्रतिक्रिया