भारतबाट फर्केका ११ युवा क्वारेनटाइनमा

चैत्र ११, २०७६ | धादिङ

भारतबाट फर्किएका ११ जनालाई धादिङको नीलकण्ठ नगरपालिका ६ का वडाअध्यक्ष उद्धव रिजालले प्रहरी मार्फत जिल्ला अस्पतालमा बुझाउनुभएको छ । 

भारतको वैङ्लोरमा काम गर्दै आएका सुनौला बजार भोर्लेका ११ युवाहरु ३ दिनको कष्टपुर्ण यात्रा गर्दै आज विहान घर पुगेका थिए । 

उनीहरुलाई विहान फर्के लगत्तै स्वास्थ्य परिक्षण गराए क्वारेन्टाईनमा राखिएको रेडक्रसका जिल्ला सभापति नारायण तिमिल्सिनाले बताउनुभयो । 


प्रतिक्रिया