नेपालमा ६ सय १० जनाको कोरोना परिक्षण

चैत्र १२, २०७६ | काठमाडौं

विश्वव्यापी संक्रमणका रुपमा रहेको कोभिड १९ को परिक्षण हुने क्रम नेपालमा पनि तिब्र बनेको छ । पछिल्लो समय फ्रान्सबाट नेपाल आएकी एक युवतीमा संक्रमण पुष्टि भएसँगै कोरोना परिक्षणको क्रम बढेको हो । हालसम्म ६ सय १० जनाको नमुना परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

काठमाण्डौसँगै मुलुकका बिभिन्न स्थानबाट नमुना संकलन गरि परिक्षण भईरहेको मन्त्रालयले जनाएको छ । परिक्षण गरिएकामध्ये २ जनामा कोरोनाको सक्रमण देखिएको छ भने अन्य ६ सय ८ परिक्षणमा भाइरस नभेटिएको मन्त्रालयले स्पष्ट पारेको छ । संक्रमित २ मध्ये एकजना उपचारपछि स्वस्थ्य भइसकेका छन । फ्रान्सबाट फर्किएकी १९ वर्षिय युवती अहिले आईसोलेशनमा उपचारकै क्रममा छिन् ।

सरकारले उपत्यका बाहिरका केही स्थानमा पनि कोराना परिक्षणको व्यवस्था गर्ने तयारी गरिरहेको छ ।   


प्रतिक्रिया