स्वास्थ्यकर्मीलाई प्रधानमन्त्रीले भने–सरकार छ, चिन्तित नहोऔं

चैत्र १३, २०७६ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले हाल मौज्दात सामग्रीको आधिकारिक प्रयोगबाट परीक्षण र उपचारमा सहभागि हुन चिकित्सक तथा स्वास्थ्य प्राविधिकहरुलाई आग्रह गर्नुभएको छ । 

आज अपरान्ह माईक्रो ब्लगिङ साईट ट्वीट मार्पत प्रधानमन्त्री ओलीले थप सामाग्रीहरु उपलब्ध हुने भन्दै अहिलेको अवस्थामा मौज्दात सामाग्रीबाटै परीक्षण र उपचारमा खटिन आग्रह गर्नुभयो । उहाँले सरकार स्वास्थ्यकर्मीको साथमा रहेकाले चिन्तित नभई काम गर्न पनि भन्नुभएको छ । 

ट्वीटमा प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘चिकित्सक तथा प्राविधिक साथीहरु, हाल मौज्दात सामग्रीको आधिकारिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल होऔं, तपाईंहरुको सिफारिसका थप सामग्रीहरु उपलब्ध हुँदैछन्, धैर्य गरौं । कोभिड–१९ मानवीय संकटको एकजुट भएर सामना गरौं, सरकार तपाईंहरु सँगै छ, चिन्तित नहोऔं ।’

सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई कोभिड–१९ बच्ने सामग्री नभएको समाचार आएपछि प्रधानमन्त्री ओलीले ट्वीटमार्फत उनीहरुलाई आश्वस्त पार्न खोज्नुभएको हो । 


प्रतिक्रिया