न्यून आय भएकाका लागि राहत प्याकेज घोषणा गर : देउवा

चैत्र १३, २०७६ | काठमाडौं

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसबाट प्रभावित न्यून आय भएका व्यक्तिका लागि तत्काल राहत प्याकेज घोषणा गर्न आग्रह गर्नुभएको छ । 

 सभापति देउवाले विश्वभरि फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प भए पनि यसबाट प्रभावित न्युन आय भएकालाई सरकारले छुट्टै व्यवस्था गर्नुपर्ने बताउनुभएको हो । 

उहाँले दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएका व्यक्तिका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग अनुरोध गर्नुभयो ।

 सभापति देउवाले लकडाउनमा सरकारले दैनिक ज्यालादारी र न्यून आय भएकाको दैनिक गुजारा चलाउने प्रबन्ध गर्नुपर्ने उल्लेख गर्नुभयो । 

कोरोना भाइरसबाट सुरक्षित हुँदाहुँदै कोही पनि भोकमरीको शिकार बन्न नहुने तर्फ सरकार सचेत रहनुपर्ने देउवाको भनाई थियो । 


प्रतिक्रिया