प्रधानमन्त्री ओली पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज

चैत्र १४, २०७६ | काठमाडौं

– प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण स्वास्थ्य लाभपछि अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । गएराती मुटुको धड्कन बढ्ने समस्याका कारण प्रधानमन्त्री ओलीलाई काठमाण्डौंको महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । डिस्चार्ज पश्चात उहाँ बालुवाटारस्थित सरकारी निवास फर्कनु भएको छ । 

प्रधानमन्त्रीका नीजि चिकित्सक प्रा.डा. दिव्यासिंह शाहका अनुसार प्रधानमन्त्रीमा देखिएको समस्या पुरानै हो । पछिल्लो परिस्थितीमा थप जोखिम नहोस् भनेर अस्पाताल पुर्‍याइएको उहाँको भनाई छ । २४ दिन अघि गत फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउनु भएका प्रधानमन्त्री ओली १२ दिनको अस्पाताल बसाईपछि निवास फर्कनुभएको थियो ।  


प्रतिक्रिया