नेपालमा अर्का एक जनामा पनि कोरोना संक्रमण पुष्टि

चैत्र १५, २०७६ | काठमाडौं

नेपालमा कोरोना भाइरसका पाँचौं संक्रमित भेटिएका छन् । बेल्जियमबाट नेपाल आएकी एक १९ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताउनुभयो । 

यसअघि विभिन्न मुलुकबाट नेपाल आएका ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ । चीनबाट नेपाल आएका एक जनामा सुरुको अवस्थामा कोभिड–१९ पुष्टि भएको थियो । त्यस्तै, फ्रान्सबाट कतार एयरवेजको जहाजमा आएकी एकजना युवतीमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

कतारबाट आएका धादिङका अर्का एक जनामा पनि कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । हिजो मात्र धनगढीस्थित सेती प्रादेशीक अस्पतालमा उपचाररत एकजना ३२ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । 


प्रतिक्रिया