कोरोना आशंका गरिएका युवकको मृत्यु

चैत्र १६, २०७६ | बुटवल

कोरोना भाइरस संक्रमणको आशंका गरिएका रुपन्देहीका एक युवकको आज मृत्यु भएको छ । 

लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको बुटवल धागो कारखानास्थित विशेष अस्पतालमा उपचाररत सैनामैना नगरपालिका ४, सिसौडाडाका बाबुराम थापा क्षेत्रीको मध्यान्ह मृत्यु भएको हो । 

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोनाको आशंका गरिएका व्यक्तिको अस्पतालमा मृत्यु भएको पुष्टी गर्दै कारण भने प्रष्ट नभएको बताउनुभयो ।

 क्षेत्री दुवईबाट गत सोमबार नेपाल आएका थिए । काठमाडौं आउँदै उनलाई ज्वरो आउने तथा खोकी लाग्ने भएपनि श्वासप्रश्वासमा समस्या देखिएपछि गत विहीबार मात्रै परिवारले अस्पताल लगेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताउनुभयो । 

उनको नमुना परीक्षणका लागि आज मात्रै काठमाडौं ल्याइएको छ ।


प्रतिक्रिया