लकडाउन ८ दिन थपियो

चैत्र १६, २०७६ | काठमाडौं

सरकारले लकडाउनको समयावधी एक साता थप गरेको छ । मन्त्रीपरिषद बैठकले लकडाउन ८ दिन थप गर्ने निर्णय गरेको हो । 

कोभिड १९ संक्रमण रोकथामका लागि भन्दै सरकारलेपहिलो चरणमा घोषणा गरेको लकडाउन मंगलबार सकिदै थियो । आज बसेको बैठकले मंगलबार देखि लागु हुने गरी लकडाउनको समय ८ दिन थप गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्माले जानकारी दिनुभयो ।

मन्त्रीपरिषद बैठकले बिभिन्न राहातका कार्यक्रम सुरु गर्ने पनि निर्णय गरेको मन्त्री बिश्वकर्माले जानकारी दिनुभयो । त्यस्तै कर छुट लगायतका प्याकेजलाई पनि मन्त्री परिषदको बैठकले पारित गरेको छ । 

आजै दिउसो बसेको कोरोना सक्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितीले गरेको सिफारिसका आधारमा सरकारले लक डाउनको समयावधी एक साता थप गरेको हो । कोरोना सक्रमण नियन्त्रणमा सरकारको कदम सकारात्मक भएको भन्दै सरकारले लकडाउनलाई निरन्तरता दिएको हो ।  


प्रतिक्रिया