कालीगण्डकी कोरीडरका ११ सय मजदुर अलपत्र, ठेकेदार बेपत्ता

चैत्र १७, २०७६ | नवलपरासी

कोरोना त्रास र जोखिमले देश आक्रन्त भैरहेको बेला पुर्वी नवलपरासीको दुर्गम पहाडि क्षेत्रमा निर्माणाधिन काली गण्डकी कोरीडरमा कार्यरत ११ सय मजदुर घरजान झोला कसेर ठिक्क भएको बेला ठेकेदार बेपत्ता भएका छन ।

कोरोनाले देश लकडाउन भएको बेला काम रोकिएपछि त्यहा कार्यरत ११ सय मजदुर ७ दिनदेखि अलपत्र परेका छन ।

त्यस खण्डको बुलिंटार गाउपालिका वडा नम्बर ६ को गौडामा कार्यरत सल्यानका मजदुर सन्तोष राउत आफु सहित १५० मजदुर सोमवार घर जान भनेर झोला पोका ठिक्क परेको अबस्थामा ठेकेदार बेपत्ता भएको जानकारी दिए । उनले आइतवार ईकान्तिपुरमा कालिगण्डकी कोरिडका ११ सय मजदुर अलपत्र भन्ने शिर्षकमा समाचार प्रकासन भएपछि ठेकेदारले घरजान तैयारी गर्नु भनेर टेलिफोनमा आदेश गरेको र आफुहरु झोला पन्तुरा ठिक्क पारेर बाटो हेर्दा सोमवार बिहानै देखि मोवाइल अफ गरेर बेपत्ता भएको टेलिफोनमा जानकारी दिए । केहि पैसापनि दिने र गाडि पठाएर घरघर लग्दिने भन्ने जानकारी आएको थियो । सोमवारबिहान सबै मजदुर घरजान तैयारी अबस्थामा छौ ठेकेदार बेपत्ता भए उनले गुनासो गरे ।

उनि गाउकै खिमबहादुर गिरी (पेटी ठेकेदार) ले लिएर आएको र २ महिनादेखि कामगर्दै आएको जानकारी दिए । गिरी त हामी संगै छन तर उनलाई पनि ठेक्का दिने ठेकेदार बेपत्ता भएकोले उनि समेत आफुहरु अलपत्र परेको उनले सुनाए । खिम बहादुरलाई पेटि ठेक्का दिने आषिश कन्स्ट्रक्सनका संचालक (ठेकेदार ) ऋषि गौली एकाएक बेपत्ता भएका हुन । उनका लेखापाल , फिल्ड हेर्ने कर्मचारी सबै मोवाइल अफ गरेर सम्पर्क बाहिर रहेका कारण मजदुरहरुको बिचल्ली भएको हो ।

आषिश कन्स्ट्रक्सन कम्पनिका ऋषि गौली चितवन निवासी हुन । ठेकेदारले मजदुरहरुको ४ करोड भन्दा बढि भुक्तानी दिएका छैनन ।

मजदुरहरुलाई काममा लगाउदा गौलीले चैते दशै अगावै सबै मदुरहरुको भुक्तानी दिने बताउदै आएका र लकडाउन पछि एकाएक बेखबर भएको गुनासो गरे ।

सल्यान , प्यूठान , रोल्पा , रुकुम , जाजरकोट , भोजपुर, दैलेख , इलाम , संखुवासभाका मजदुर अलपत्र परेको उनले जानकारी दिए ।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिघिरेले ठेकेदार भागेकाले खोजि गर्न प्रहरीलाई खटाएको जानकारी दिए । निमार्ण ब्यबसायि महासंघ संग सम्पर्क गरिरहदापनि पत्ता लगाउनै नसकेर हैरान परेको उनले सुनाए । दुर्गम पहाडमा मजदुरले खानपनि नपाउने अबस्था आइसक्यो ठकेदार मजदुरहरु अलपत्र परेर भागेकोले खोजि भैरहेको छ उनले भने ।

मजदुरहरुलाई ठेकेदारले दिन पर्ने भुक्तानीकालागि आफुहरुले बैंक खुल्ला गरिदिने उनले सुनाए । रकम भुक्तानी दिएर घरघर पठाउने जिम्मा ठेकेदार कम्पनिकै हुने उनले बताए ।

कालिगण्डकी कोरिडरको सुनौली कोरल नाका ४७५ किलोमिटर छ । तयसको गैडाकोट डेढगाउ खण्ड ( पुर्वी नवलपरासीमा पर्ने) मा ७५ किलोमिटर लम्बाइ पर्दछ । सडक खण्डको ठेक्का पाएको भारतिय इकेके इन्फ्रा स्ट्रक्चार लिमिटेडले नेपाली धेरै पेटि ठेकेदारलाई फरक फरक खण्डमा काममा लगाएको हो । भारतिय ठेकेदारको प्रतिनिधि समेत पत्ता नलागेको प्रजिअ घिमिरेको भनाई छ । 


प्रतिक्रिया