पोखरा महानगरद्वारा २ करोडको राहत प्याकेज घोषणा

रेडियो कान्तिपुर संवाददाता

चैत्र १७, २०७६ | पोखरा

दीपक परियार -

पोखरा महानगरपालिकाले लकडाउनबाट प्रभावित अति विपन्न परिवार लक्षित २ करोड रुपैयाँको राहत प्याकेज घोषणा गरेको छ । दैनिक ज्यालादारीबाट गुजारा चलाउँदै आएका न्युनतम ५ जनाको परिवारलाई राहत प्याकेज उपलब्ध गराउने महानगरले निर्णय गरेको हो ।

 महानगर प्रमुख मानबहादुर जीसीले एक परिवार बराबर २ हजार रुपैयाँका राहत सामग्री उपलब्ध गराउने बताउनुभयो । उहाँका अनुसार त्यस्ता परिवारको लगत संकलन टोल विकास समितिले गर्ने छ । पीडित परिवारले फारम भरेर समितिलाई बुझाउनुपर्छ । वडाका जनप्रतिनिधिले लगत रुजु गर्नेछन् । 

प्रमाणित परिवारलाई वडा कार्यालयले टोकन दिने र सोहीका आधारमा उनीहरुले आफूलाई पायक पर्ने पसलमा गएर सामान लिन सक्नेछन् । पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघसँग महानगरले समन्वय गरेको छ । प्योकजमा २५ केजी चामल, २ केजी दाल, १ केजी नुन, १ लिटर तेल, १ केजी गेडागुडी रहेको छ । भोलीसम्ममा तथ्यांक संकलन गरी पर्सीबाट राहत वितरण हुने छ । ५ जनाको परिवारलाई न्युनतम १० दिनलाई पुग्ने गरी राहत प्याकेज बनाएको महानगर प्रमुख जीसीले बताउनुभयो ।


प्रतिक्रिया