चैतली मेला सञ्चालन गरेको आरोपमा चार वडाअध्यक्षसहित ९ जनालाई प्रहरी नियन्त्रणमा

चैत्र २६, २०७६ | बझाङ

 लकडाउन अवज्ञा गर्दै चैतली मेला सञ्चालन गरेको आरोपमा चार वडाअध्यक्षसहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बझाङको छविसपाथीभेरा गाउापालिका—३ को बान्नीकोटमा वर्षेनी लाग्ने मेला लकडाउनमा पनि सञ्चालन गरिएको सोही गाउँपालिकाका चार वडाध्यक्षसहित ९ जनालाई बुधबार नियन्त्रणमा लिइएको हो । 

 स्थानीयले चैत ११ गते जंगलबाट रुखको काकर काटेर ल्याइ मेलाको सुरुवात गरी अष्टमीको दिन बोकाको बली चढाएर सोमबार मेला समापन भव्य रुपमा गरेका थिए । 


प्रतिक्रिया