कोभिड १९ शुरु भएपछि स्वदेश भित्रिएका ६४ हजार नेपालीको पहिचान

चैत्र २८, २०७६ | काठमाडौं

कोभिड १९ संक्रमण नियन्त्रण तथा उपचारका लागि सवै ७ सय ५३ वटै स्थानीय तह सक्रिय रहको दाबी सरकारले गरेको छ । प्राप्त स्रोत साधनको सदुपयोग गर्दै हरेक स्थानीय तहले क्वारेन्टिन निर्माण गरेको सरकारको भनाई छ ।

 रेडियो कान्तिपुरसँग बिहान कुरा गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयस त्रिपाठीले सम्पूर्ण तहमा एउटै कार्यविधि बनाएर कोष परिचालन, राहत संकलन र वितरण लगायतका काम भइरहेको बताउनुभयो ।

प्रत्येक प्रदेशमा उपसचिवलाई खटाएर राहत रकम वितरण लगायत बारे अनुगमन जारी राखेको बताउँदै मन्त्री त्रिपाठीले साढे २ लाख बढी परिवारलाई राहत वितरण गरेको जानकारी दिनुभयो ।

विश्वमा कोभिड १९ संक्रमण सुरु भएपछि भारत बाहेक तेस्रो मुलुकबाट हालसम्म नेपाल प्रवेश गरेका करिब ६४ हजार जनाको पहिचान भएको बताउदै मन्त्री त्रिपाठीले उनीहरु सवै क्वारेन्टिनमा रहेको बताउनुभयो । भारतबाट फर्किएका नेपालहरु क्वारेन्टिनमा नबसिदिँदा समस्या निम्तिएको भएपनि बिदेशबाट फर्किएका व्यक्तिप्रति समाजको दृष्टिकोण राम्रो नभएकाले केही समस्या देखिएको उहाँको भनाई थियो ।

उनीहरु सवै निरन्तर सम्पर्कमा रहेको मन्त्री त्रिपाठीले जानकारी दिनुभयो । भारतबाट प्रवेश गरेकाहरुको खोजी भइरहेको बताउदै स्थानीय युवा तथा छिमेकीको सहयोगमा अधिकांशलाई भने क्यावेन्टिनमा लिएको बताउनुभयो ।

तराईका केही स्थानीय तहमा राहत वितरण निष्पक्ष हुन नसकेको स्वीकार्दै मन्त्री त्रिपाठीले त्यसको अनुगमन भइरहेको उल्लेख गर्नुभयो । 


प्रतिक्रिया