उदयपुर पहिलो प्राथमिकतामा : मुख्यमन्त्री राई

वैशाख १३, २०७७ | उदयपुर

प्रदेश एकका मुख्यमन्त्री शेरधन राई कोराना भाईरसको केन्द्रबिन्दु बनेको उदयपुरको त्रियुगा नगरपालिकाको भुल्के पुग्नुभएको छ । 

भुल्के पुगेका मुख्यमन्त्रीले आसपासका क्षेत्रमा अझै संक्रमितहरु हुन सक्ने अनुमान गरिएकाले नमुना परीक्षणको दायरा बढाउने तयारी गरिएको बताउनुभयो । अवस्था बुझ्न हेलिकप्टर मार्फत भोजपुर हँुदै भुल्के पुगेका मुख्यमन्त्री राईले उदयपुरलाई पहिलो प्राथमिकतामा राखेर आवश्यक स्वास्थ्य सामाग्री, उपकरण र स्वास्थ्यकर्मीको व्यवस्था गरिने वताउनुभयो । 

स्वास्थ्य सामाग्री, उपकरण र स्वास्थ्यकर्मीको व्यवस्था गरेर परीक्षणको दायरा बढाउने तयारी गरिएको मूख्यमन्त्री राइले वताउनुभयो । 


प्रतिक्रिया