तिब्बतद्वारा प्रदेश १ सरकारलाई ७ करोड बढीको स्वास्थ्य सामग्री सहयोग

जेष्ठ १९, २०७७ | विराटनगर

कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि प्रदेश १ सरकारलाई चीनको तिब्बत सरकारले ७ करोड ७३ लाख ६७ हजार मूल्य बराबरको स्वास्थ्य सामग्री आज सहयोग गरेको छ । नेपाल–चाइना कार्यकारी परिषद प्रदेश १ को समन्वयमा तिब्बत सरकारले सहयोग गरेको हो ।

पीसीआर टेष्टिङ्ग मेसिन २ थान, आरडीटी किट १० हजार थान, स्वाब स्टिक २० हजार थान, भिटिएम १० हजारथान, भेन्टिलेटर ३ थान, पीपीई ५ हजारथान, एन नाइन्टी फाईब मास्क ५ हजार वटा र सर्जिकल मास्क २० हजार वटाउपलब्ध गराएको छ । सर्जिकल ग्लोभ्स १० हजार, सर्जिकल फेस सिल्ड २ हजार ५ सय, ह्याण्ड सेनिटाइजर ५ सय एमएलको १ हजार बोतल, आईआर थर्मोमिटर २ सय, यूएसजी पोर्टेबल मेसिन र एक्स–रे १/१ थान उपलब्ध गराएको हो ।

सो सामग्री कार्यकारी परिषद प्रदेश १ का संयोजक मुकेश उपाध्यायले मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गर्नुभयो । तिब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री सही तरिकाले उपयोग गरेको तथ्यांक उपलब्ध गराएपछि पून: सहयोग गर्ने प्रतिबद्धता जनाएको उपाध्यायले बताउनुभयो ।

यसैबीच, आइपास नेपालले पनि १ लाख ९१ हजार मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदेश सरकारलाई हस्तान्तरण गरको छ । 


प्रतिक्रिया