सल्यानमा नौ थपिए, संक्रमितको संख्या ५३ पुग्यो

जेष्ठ २०, २०७७ | सल्यान

– सल्यानमा नौ जना कोरोना संक्रमित थपिएका छन् । नौ जना थपिएपछि सल्यानमा कोरोना संक्रमितको संख्या ५३ पुगेको छ । कर्णाली प्रदेस अस्पताल पसुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणमा रिपोर्ट पोजेटिभ आएको हो । 

कोरोना पोजेटिभ देखिएका सबै दार्मा गाउँपालिकाका रहेका स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले बताउनुभयो । कोरोना संक्रमण ३५ देखि ५० बर्ष उमेरका रहेका र उनीहरु सबै भारतबाट आएका उहाँले जनाकारी दिनुभयो । यसअघि बन्गाड कुपिण्डे नगरपालिकाका ४४ जनामा कोरोना पुष्टि भएको थियो । 


प्रतिक्रिया