पौवादुङमा गाउँपालिकाको सबै नाका सिल

जेष्ठ २०, २०७७ | भोजपुर

– भोजपुरको पौवादुङमा गाउँपालिकाको सबै नाका सिल गरिएको छ । गाउँपालिकामा ९ जनामा आरडिटि पोजेटिभ देखिएपछि गाउँपालिकाको नाका सिल गरिएको हो । 

 गाउँपालिकाको वडा नं. १ श्यामशिलाका जनप्रतिनिधि सहित ९ जनामा आरडिटि पोजेटिभ देखिएपछि नाका सिल गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष किरण राईका अनुसार हिजो र आज २६ जनाको आरडिटि परीक्षण गर्दा ९ जनाको आरडिटि पोजेटिभ देखिएको हो ।

उनीहरुको स्वाब संकलन गर्ने भनिए पनि स्वास्थ्य सामग्री अभाव भएका कारण तत्काल स्वाव संकलन गर्न प्रदेश सरकारलाई अनुरोध गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । 


प्रतिक्रिया