क्वारेण्टाइनमा एक महिलाको मृत्यु

जेष्ठ २१, २०७७ | डडेलधुरा

डडेलधुराको गन्यापधुरा गाउँपालिकामा रहेको क्वारेण्टाइनमा एक महिलाको मृत्यु भएको छ । गन्यापधुराको वडा नं २ की ३० वर्षिया ती महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

गएराती अचानाक वेहोस भएकी उनको तत्काल मृत्यु भएको गन्यापधुरा प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरिक्षक धनवहादुर बिष्टले जानकारी दिनुभयो । 

जिल्ला प्रहरी प्रमुख दधिराम न्यौपानेका अनुसार उनी आफ्ना श्रीमान सहित ४ दिन अघि भारतवाट फर्केकी हुन । उनमा कोरोना रहेनरहेको रिपोर्ट आउन बाँकी छ ।  


प्रतिक्रिया