तत्काल विद्यालय खुल्ने संभावना छैन : प्याब्सन अध्यक्ष पुरी

तस्बिर : अध्यक्ष पुरीको फोसबुकबाट  

जेष्ठ २१, २०७७ | काठमाडौं

लकडाउनका कारण बन्द भएका विद्यालयहरु तत्काल खुल्ने संभावना नरहेको निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सनले जनाएको छ । 

चैतको पहिलो साताबाट बन्द भएका बिद्यालयहरु तत्काल खुलाउने सम्भावना नभएको भन्दै कक्षा सञ्चालनका लागि बिकल्पको खोजी भइरहेको अध्यक्ष टिकाराम पुरीले बताउनुभयो । रेडियो कान्तिपुरसँग आज कुरा गर्दै अध्यक्ष पुरीले भय र त्रासकाबीच विद्यालय खुलाउने पक्षमा आफुहरु समेत नरहेको उल्लेख गर्नुभयो ।

लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारीमा रहेको सरकारले विद्यालय भने अन्तिममा मात्र खोल्ने बताएपछि वैकल्पिक बाटोमा अघि बढेको अध्यक्ष पुरीको भनाई थियो । माहामारीका कारण हरेक क्षेत्र प्रभावित भएको स्पष्ट हुदाहुदै आफुहरु अभिभावकलाई भार हुने गरी शुल्क लिने पक्षमा नरहेको उहाँले उल्लेख गर्नुभयो ।

बिद्यार्थीलाई मनोबैज्ञानिक र नैतिक शिक्षा अहिलेको आवश्यक रहेकाले त्यसमा बिशेष ध्यान दिन उहाँले अभिभावकहरुलाई आग्रह समेत गर्नुभयो ।    


प्रतिक्रिया