पश्चिम नवलपरासीमा एकै पटक ८ जनामा कोरोना पुष्टि

जेष्ठ २१, २०७७ | पश्चिम नवलपरासी

पश्चिम नवलपरासीमा आज एकै दिन ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं टेकुमा गरिएको पिसिआर परिक्षणका क्रममा पाल्हिनन्दन गाउंपालिकाका ७ र बर्दघाट नगरपालिकाका एक जनालाई संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा संक्रमितको सङख्या १५ पुगेको छ । 

जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका अनुसार केही दिन अघि भारतबाट आएका बर्दघाट नगरपालिका वडा नम्बर १६ का २४ वर्षिय युवकमा संक्रमण देखिएको हो । पाल्हीनन्दन गाउँपालिकामा वडा नम्बर ६ का २०, २१ र ३४ वर्षिय पुरुष तथा वडा नम्बर ४ का २९, वडा नम्बर ३ का ३४, वडा नम्बर २ का २१ र वडा नम्बर १ का २५ वर्षिय युवकमा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलरासीका प्रमुख गौरब ढकालले जानकारी दिनुभयो ।

उनीहरु पनि भारतबाट आएको प्रारम्भिक सुचना आएको भन्दै उहाँले सबै संक्रमितको कन्ट्रयाक ट्रेसिङ्गमा लागेको बताउनुभयो ।  


प्रतिक्रिया