गण्डकीमा थप ४ जनामा संक्रमण पुष्टि

जेष्ठ ३०, २०७७ | पोखरा

गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार मध्यान्ह विज्ञप्तिमार्फत नयाँ संक्रमितको पुष्टि गरेको हो ।

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका १८, ३२, ५८ र ५९ वर्षका चार जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले बताउनुभयो । यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या १९२ पुगेको छ । यसअघि आजै बिहान ३७ जनामा कोरोना देखिएको पुष्टी भएको थियो ।

संक्रमित ४ जनालाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेशन कक्षमा राखिएको छ । उनीहरु गाउँकै क्वारेन्टाइनमा थिए । 


प्रतिक्रिया