तेस्रो मुलुकमा समस्यामा परेका ११ हजार ३ सय ७१ नेपाली स्वदेश फर्किए

असार १४, २०७७ | काठमाडौं

तेस्रो मुलुकमा समस्यामा परेका ११ हजार ३ सय ७१ नेपाली स्वदेश फर्काइएको छ । जेठको तेस्रो सातादेखि अहिलेसम्म विभिन्न मुलुकबाट कोरोनाका कारण समस्यामा परेका नेपाली स्वदेश फर्काइएको हो । सबैभन्दा बढी कुवेतबाट २ हजार २ जना नेपाली स्वदेश फर्किएका छन् । 

यस्तै युएईबाट २ हजार १७ जना, साउदी अरेबियाबाट १ हजार २ सय १८, मलेसियाबाट ९ सय २१, बगंलादेशबाट ८ सय १५ नेपाल फर्किएका छन् । यस्तै कतारबाट ६ सय ३८, माल्दिभ्सबाट, ६ सय४, जापानबाट ४ सय ९२, अस्ट्रेलियाबाट २ सय ६९, बहराइनबाट ४ सय २०, थाइल्याण्डबाट ३ सय २६, ओमानबाट ३ सय १३, अमेरिकाबाट ४ सय ८३, दक्षिण कोरिया २ सय २८, सिंगापुरबाट १ सय ४६, बेलायत २ सय २९ नेपाली स्वदेश फकिएको कोभिड –१९ संकट व्यवस्थापन समितिले जनाएको छ ।

 यस्तै , हङकङबाट ८९, पाकिस्तान ७२, म्यानमारबाट २६, अफगानिस्तानबाट १८ र श्रीलंकाबाट ५ जना गरी ११ हजार ३ सय ३१ नेपाली स्वदेश फर्किएका हुन् । यसैबीच विदेशबाट ल्याउन बाँकी १ सय २० शवलाई नेपाल ल्याउन तयारी भइरहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । 

अहिलेसम्म ८७ वटा शव नेपाल ल्याइ सकिएको छ । बोर्डले आफन्तको सहमतिमा विदेशमै शवको अन्तिम संस्कार गर्ने व्यवस्था समेत मिलाएको छ । हालसम्म विभिन्न मुलुकमा रहेका १ सय २६ शवको गन्तव्यमै अन्तिम संस्कार गर्नको लागि परिवारले सहमति जनाइसकेको छ । विविध कारण विभिन्न मुलुकमा ३ सय ३३ जनाको मृत्यु भएको बोर्डले जनाएको छ । 


प्रतिक्रिया