नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो

असार १७, २०७७ | काठमाडौं

नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट बाट संक्रमित हुनेको संख्या १४ हजार नाघेको छ । बुधबार थप ४ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १४ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । 

मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका संक्रमित मध्ये १ सय १७ जना महिला र ३ सय ६५ जना पुरुष रहेको बताउनुभयो ।

यस्तै, मुलुकभर कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ४ हजार ६ सय ५६ पुगेको छ । 


प्रतिक्रिया