राष्ट्रपति भण्डारीद्वारा संसदको बजेट अधिवेशन अन्त्य

असार १८, २०७७ | काठमाडौं

– राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको बजेट अधिवेशन अन्त्य गर्नु भएको छ । राष्ट्रपति भण्डारीले आज बेलुका ५ बजेदेखि लागु हुने गरी दुबै सदनको अधिवेशन अन्त्य गर्नुभएको हो । यसअघि आजै बसेको मन्त्रिपरिषद बैठकले संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । 

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग समसामयिक विषयमा परामर्श गर्नुभएको थियो । राष्ट्रपतिसँग छलफल गरेर आएपछि केहीबेर मात्रै बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री ओलीले परम्परा तोड्दै सभामुखसंग छलफल नै नगरी संसद अधिवेशन अन्त्य गर्ने निर्णय लिनु भएको हो । 


प्रतिक्रिया