नेपाल न्यून मध्यम आय भएका मुलुकको सूचीमा उक्लियो

असार १९, २०७७ | काठमाडौं

नेपाल अति न्यून आय भएको मुलुकबाट न्यून मध्यम आय भएको मुलुकको सूचीमा स्तरोन्नती भएको छ । विश्व बैंकले हालै सार्वजनिक गरेको सूचीमा नेपाल न्यून मध्यम आय भएको मुलुकको उक्लिएको हो । 

नेपालको कुल राष्ट्रिय प्रतिव्यक्ति आय ९ सय ६० बाट बढेर १ हजार ९० पुगेको विश्व बैंकले उल्लेख गरेको छ । सरकारले सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएका मुलुकको सूचीमा पुर्‍याउने लक्ष्य लिएको छ ।

विश्व बैंकले यो बर्ष १ हजार ३६ भन्दा कम प्रति व्यत्ति आय भएका मुलुकलाई न्यून तथा १ हजार ३६ देखि ४ हजार ४५ सम्म प्रति व्यक्ति आय भएका मुलुकलाई न्यून मध्यम आय भएका मुलुकमा समावेश गरेको छ । 

प्रत्येक मुलुकको आर्थिक वृद्धि, मुद्रस्फिती, विनिमय दर र जनसंख्या वृद्धिदरले कुल राष्ट्रिय प्रतिव्यक्ति आय निर्धारण गर्छ । 

दक्षिण एसियामा श्रीलंका भने उच्च मध्यम आय भएका मुलुकको सूचीबाट न्यून मध्यम आय भएको मुलुकको सूचीमा झरेको छ । त्यहाँको प्रतिव्यक्ति आय ४ हजार ६० बाट ४ हजार २० मा झरेको छ । 


प्रतिक्रिया