नेपालमा सोमबार १८० जना कोरोना संक्रमित थपिए

असार २२, २०७७ | काठमाडौं

नेपालमा सोमबार थप १ सय ८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । 

योसँगै मुलुकमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या १५ हजार ९ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म प्रदेश एकमा ७ सय १०, प्रदेश २ मा ४ हजार १ सय ८४, बामतीमा ६ सय ३९, गण्डकीमा १ हजार १ सय ७५, प्रदेश ५ मा ३ हजार ९ सय ८४, कर्णालीमा १ हजार ५ सय ८१ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ६ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७ सय २१ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको छ । 

नेपालमा हालसम्म २९ हजार २ सय १५ जना क्वारेन्टिनमा रहेका छन् भने आइसोलेशनमा ९ हजार १ सय १८ जना रहेका छन् । 

पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न अस्पतालबाट २ सय ६४ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । हालसम्म मुलुकमा संक्रमण मुक्त हुनेको संख्या ६ हजार ८ सय ११ पुगेको छ । 


प्रतिक्रिया