जारकोटमा पहिरोमा १२ जना वेपत्ता

 तस्बिर : महेश केसी, रुकुम पश्चिम ।

असार २६, २०७७ | जारकोट

जाजरकोटमा पहिरोले घर बगाउँदा दुई घरका १२ जना वेपत्ता भएका छन् । बारेकोट गाउँपालिका वडा नं. ४ का दुई घर बगाउँदा १२ जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरिक्षक किशोर कुमार श्रेष्ठले बताउनुभयो ।

स्थानीय गोपाल सार्कीको घर बगाउँदा उनी सहित उनकी श्रीमती पुष्षा, छोरी लक्ष्मी, छोरा अर्जुन बेपत्ता भएका हन् । छिमेकी कालु सार्कीको घर बगाउँ उनी सहित छोरीहरु तिर्खा, कमला र छोरा सुभास वेपत्ता भएका छन् । 

साथै उनको घरमा पाहुना आएका कुशे गाउँपालिका ९ चौतारा जारकोटका डिल्ली सार्की, गौरी सार्की, कविता सार्की र बीरेन्द्र सार्की वेपता भएको बारेकोट गाउँपालिका वडा नं. ४ का सचिव डम्वर पुनले जानकारी दिनुभयो ।

प्रहरी र स्थानियको सक्रियतामा उद्धारको काम भैरहेको भएपनि कठिन भु–बनोट र निरन्तरको झरीका कारण समस्या भैरहेको डिएसपी श्रेष्ठको भनाई छ । 


प्रतिक्रिया