च्याम्पियन्स लिगको क्वाटरफाइनल ’ड्र’ सार्वजनिक

असार २६, २०७७ | काठमाडौं

यूरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको क्वाटरफाइनल ’ड्र’ सार्वजनिक भएको छ । आज सार्वजनिक ’ड्र’ अनुसार अन्तिम ८ मा रियल मड्रिड र म्यानचेस्टर सिटीबीचको विजेताले युभेन्ट्स र लियोँबीचको विजेतासँग खेल्नेछ । अन्तिम १६ अन्तर्गत रियल र सिटीबिचको पहिलो लेगमा सिटी २–१ ले विजयी भएको थियो । लियोँ पहिलो लेगमा युभेन्ट्सविरुद्ध १–० ले विजयी भएको छ ।

यस्तै बार्सिलोना र नापोलीबीचको विजेताले चेल्सी र बायर्न म्युनिखसंगको विजेतासँग खेल्नेछ । बार्सिलोना र नापोलीबीचको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो । चेल्सीविरुद्ध भने पहिलो लेगमा बायर्नले ३–० को जित निकालेको छ । उपाधि दाबेदार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले इटालीको एटलान्टासँग खेल्नेछ । त्यस्तै जर्मन क्लब आरबी लाईपजिगले एट्लेटिको मड्रिडसँग खेल्नेछ । पोर्चुगलको लिस्बनमा हुने क्वाटरफाइनलपछिका सबै खेल एक लेगको हुनेछ । क्वाटरफाइनलका खेल अगष्ट १२ देखि १५ सम्म हुनेछ । यस्तै सेमिफाइनल खेल अगष्ट १८ र १९ मा हुनेछ । फाइनल अगष्ट २३ मा हुनेछ ।


प्रतिक्रिया